पाल्पा तानसेनमा जीप दुर्घटना, १६ जनाको मृत्यु
FaceBook Ma Share Garna Tala Click Garnuhos
काठमाडौँ, साउन १३ । भारतबाट गुल्मीको रिडीतर्फ जाँदै गरेको एक जीप (बी आर १ वाई ए ४६७८ नम्बरप्लेट) तानसेन–तम्घास सडक खण्ड अन्तर्गत पाल्पाको जोर्तेमा आज बिहान दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । १४ जनाको घटनास्थलमै र २ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
२ जना गम्भीर घाइते छन् । जोर्तेको घुम्तीबाट झण्डै ८० मिटर तल खसेको अवस्थामा जीप फेला परेको हो । मृत्यु हुनेमा ९ जना महिला, ४ बालबालिका र दुई पुरुष छन् । बी आर १ वाई ए ४६७८ नम्बरको भारतीय नम्बर प्लेटको जीप दुघर्टना भएको हो ।

Add to favorites

कमेन्ट गर्नुहोस
Leave a Reply




