फ्राईडे रिलिज : ६ चलचित्र बिच भिडन्त
FaceBook Ma Share Garna Tala Click Garnuhos
गत हप्ता रिलिज भएका दुई नेपाली चलचित्रले फल्पको व्यापार गरे पनि चलचित्रको रिलिज हुँने क्रम भने घटेको छैन । आज शुक्रबार देखी चलचित्र घरहरुमा नेपाली, हिन्दी र अङ्ग्रेजी गरी ६ चलचित्र एक आपसमा भिड्दै छन् ।
द्रव्य
‘द्रव्य’ अर्थात् ‘पैसा’ । पैसालाई मुख्य विषय वस्तु बनाएर जेबी कार्कीले निर्माण गरेको चलचित्र हो ‘द्रव्य’ । मार्कण्डित दीपविन बस्नेतको निर्देशन, सानु महर्जनको द्धन्द्ध, हरी ओम शरदको संगीत रहेको चलचित्रमा महेश गोदारको नृत्य निर्देशन रहेको छ । ‘द्रव्य’मा विराज भट्ट, कल्पना शाही, अशोक फुया्ल, अनु शाह, अमित पोखरेल, अनुपविक्रम शाही, उत्सब शाह लगायतको अभिनय रहेको छ । रोयल क्राउन ईन्टरनेशनल ब्यानरको प्रस्तुती रहेको ‘द्रव्य’ काठमाडौंका मल्टिपेल्क्स लगायत देशका लगभग ३० वटा जति चलचित्र घरहरुमा प्रर्दशन भएको छ ।
नाईट क्वीन
फ्राईडे रिलिज अन्र्तगतको अर्को चलचित्र हो ‘नाईट क्वीन’ अर्थात् ‘रातकी रानी’ । शरद अधीकारी
निर्देशित यस चलचित्रलाई बी बी बुढाथोकीले निर्माण गरेका हुन् । डान्स बारमा काम गर्ने युवतीको कथालाई समेटेर बनाइएको चलचित्रमा कल्पना शाही बार गर्लका रुपमा प्रस्तुत भएकी छन् । चलचित्रमा उनका अलवा राजेश हमाल ,ज्योज्सना भट्ट ,उषा खरेलको अभिनय रहेको छ । काठमाडौंका मल्टिपेल्क्स र देशका विभिन्न हलहरुमा चलचित्र ‘नाईट क्वीन’ प्रदर्शन भएको छ ।
जिन्दगानी दर्पण छायाँ
प्रेम र बिछोडलाई मुख्य कथा बनाएको चलचित्र ‘जिन्दगानी दपर्णछायाँ’ पनि आज नै रिलिज हुर्दै छ । रोहित पुरीले निर्देशन गरेका छन यस चलचित्रमा हिरो दिलिप रायमाझीलाई नायिका नन्दिता के.सी.को ले साथ दिएकी छन् । दिलिप र नन्दिताका अलवा सुस्मा कार्कीलाई पनि एउटा आईटम गीतमा देख्न सकिनेछ । यो चलचित्र काठमाडौंका लगभग १६ वटा हलहरुमा प्रदर्शन हुर्दैछ ।
सायद
काठमाडौंका मल्टिपेल्क्स हलहरुमा चौथो हप्तामा सफल प्रदर्शन भईरहेको चलचित्र ‘सायद’ आजदेखी काठमाडौं बाहिरका हलहरुमा लाग्र्दैे छ । सुरज सुब्बा ‘नाल्बो’ निर्देशित चलचित्र ‘सायद’ सुनिल रावलले निमार्ण गरेका हुन् । चलचिचत्रमा संयम पुरी, विल्सनविक्रम राई, अनिता दाहाल ,झरना थापाका साथमा स्वयम् सुनिल रावलको समेत अभिनय रहेको छ ।
साङ्घाई
त्यस्तै बलिउडतर्फ भने आज शुक्रबार काठमाडौंका मल्टिपेल्क्समा एक मात्र चलचित्र ‘साङ्घाई’ रिलिज हुदैं छ । राजनितिक अवस्थालाई मुख्य विषयवस्तु बनाईएको ‘सङघाई’लाई दिवाकर बेनर्जीले निर्देशन गरेका हुन । चलचित्रमा ईमरान हास्मी ,अभय देवल ,काल्कि कोचीन लगायतको अभिनय देख्न सकिन्छ । चलचित्रमा विशाल शेखरले संगत दिएका छन् ।
मेडागास्कर
त्यस्तै फ्राईडे रिलिज अन्र्तगत काठमाडौंका मल्टिपेल्क्स हलरुमा हलिउडको एनिमेसन चलचित्र मेडागास्कर ३ ःद युरोपस मोस्ट वान्टेड प्रदर्शन हुदैं छ । तीन जना निर्देशक एरिक द्धारनेल, टम म्याक्रा र कानरोडद्घारा निर्देशीत यस चलचित्रलाई प्यारा माउन्ट पिक्चर्सले वितरण गरेको हो ।

Add to favorites

कमेन्ट गर्नुहोस
Leave a Reply





